Logo

राष्ट्रपति पौडेलले गरे दक्षिणकाली दर्शन



काठमाडौं, असोज २१ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली माताको पूजा अर्चना गरेका छन् । बडादसैँको अवसरमा प्रथम महिला सबिता पौडेलसहित सोमबार बिहान दक्षिणकाली मन्दिर पुगेर उनले दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गरेका हुन् । राष्ट्रपति पौडेल दक्षिणकाली पुगेपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।



प्रतिक्रिया दिनुहोस्