Logo

दाउरा निकाल्दा पुलबाट राप्ती नदीमा खसेका एक किशोरको सकुशल उद्धार



काठमाडौं । दाङमा प्रहरीले राप्ती नदीमा खसेर फसेका व्यक्तिको सकुसल उद्धार गरेको छ ।

सोमवार बिहान करिव साढे ६ बजेतिर राप्ती गाउँपालिका–३ स्थित खुरुरियामा रहेको झोलुङेपुलबाट नदीमा बगेका दाउरा निकाल्ने क्रममा खसेका १३ बवर्षीय सुधन चौधरीको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिएका छन् ।

उाका अनुसार सोही ठाउँ निवासी चौधरी नदीमा बगेका दाउरा निकाल्ने क्रममा नदीमा खसेका थिए । नदीमा खसेर पानी नभएको बिच भागमा फस्नुभएका चौधरीलाई इलाका प्रहरी कार्यालय भालुवाङ र ज्वालामाई गण सशस्त्र प्रहरी भालुवाङ बाट खटिएको प्रहरी टोली सयुक्त रुपमा उद्धार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्