Logo

परराष्ट्रमन्त्री राणासँग रूसी राजदूत नोभिकको भेटवार्ता



काठमाडौं, २१ असोज । नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकले परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटवार्ता गरेका छन् । आज (सोमबार) अपरान्ह सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर राजदूत नोभिकले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

सो भेटवार्तामा द्धिपक्षी सम्बन्ध र हितका विषयमा कुराकानी भएको जनाईएको छ । आजै मन्त्री राणासँग नेपालका लागि अष्ट्रेलियाकी राजदूतले पनि शिष्टाचार भेटवार्ता गरेकी थिईन् । क्यानडा, अमेरिका र कतारको भ्रमण सकेर २० दिनपछि स्वदेश फर्किएलगत्तै मन्त्री राणाले सक्रियता बढाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्