Logo

मन्त्री यादव र मेलम्चीका संघर्ष समितिबीचको वार्ता सफल



काठमाडौँ, २१ असोज । खोपानीमन्त्री प्रदीप यादव तथा मेलम्चीका संघर्ष समितिबीच सहमति भएको छ । आज (सोमबार) काठमाडौँका नागरिकका लागि खानेपानी ल्याउने विषयमा हेलम्बु गाउँपालिकाको मेलम्चीमा बसेको वार्ता सफल भएको मन्त्री यादवले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

वार्ता सफल भएसँगै अब मेलम्चीको पानी काठमाडौँमा रहेको सुन्दरीजलस्थित पानी प्रसोधन केन्द्रमा पठान्तरण गरिने सहमती भएको छ । दसैंअगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी खुवाउने लक्ष्यअनुसार मन्त्री यादवसहितको टोली मेलम्चीका संघर्ष समितिसँग वार्ता गर्नका लागि आज मेलम्ची पुगेको थियो ।

काठमाडौँबाट गएको मन्त्री यादवसहितको टोली तथा मेलम्चीका संघर्ष समितिबीच पानी काठमाडौँमा लैजाने विषयमा भएको वार्तामा संघर्ष समितिले राखेका जायज मागहरुलाई सम्बोधन गरिने सहमति भएको हो । सोपछि मेलम्चीको पानी काठमाडौँमा पथान्तरका लागि सहमती जुटेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

उनले भने,“वार्ता सफल भएर मेलम्चीको पानी काठमाडौँमा ल्याउने विषयमा संघर्ष समितिसँग सहमतिपनि भएको छ । मेलम्चीबाट भोली मङ्गलबार पानी सुन्दरीजलमा पथान्तरण गरिने छ ।”
सेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिक्रि गरेवापतको मुल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेकोमा मन्त्रलाय र सरोकारवाला निकायहरुबीच पुनः छलफल गरि तीन महिनाभित्र टुङग्याउने, हेलम्बु मेलम्ची एकिकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठन गरी कार्यान्वयन गर्न यथाशिघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेश गरी कार्यन्वयनमा ल्याउन स्थानीय सरकार र खानेपानी मन्त्रालयले पहल गर्ने सहमति भएको छ ।

आयोजना पुनःर्निर्माण तथा स्थानीय यातायातका लागि बाह्रै महिना सञ्चालन गर्ने किसिमको तपसिलका सडकहरुको निर्माणको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सहमतीको प्रस्ताव पेश गर्ने गरी अबको तीन महिनाभित्र बहुँवर्षिय ठेका प्रक्रिया अगाडि बढाउने गरी खानेपानी मन्त्रालयले जिम्मेवारी लिने, घर पूर्णरुपमा क्षति भएका बाढी पीडितहरुलाई तत्काल घर पूनः निर्माण गर्न नेपाल सरकार प्राकृतिक प्रकोप पूनः निर्माण मापदण्ड बमोजिमको रु पाँच लाख रकम गृह मन्त्रालय मार्फत उपलब्ध गराउने प्रावधान रहेकोमा र हेलम्बुमा तीन सय भन्दा माथी घरहरु एकैपटक प्रभावित भएको हुँदा घर खेत बगाएको हुँनाले रु पाँच लाखले मात्र घर निर्माण गर्न असम्भव रहेको हुँदा देशकै राजधानीको राष्ट्रिय गौरवको आयोजनाको मुहान रहेको क्षेत्र भएको र स्थानीयहरुको मेलम्ची खानेपानीकै कारण ठूलो क्षति भएको भनी दावी गरिरहेको हुँदा विपद प्राधिकरण मार्फत सबै बाढि पिडितहरूको घर पुनःनिर्माणका लागि रु २० लाख तीन महिना भित्र उपलब्ध गराउनका लागि विशेष पहल गर्ने सहमती भएको छ ।

हेलम्बु गाउँपालिका भवन निर्माणको लागि यस आर्थिक वर्षमा एक करोड बजेट विनियोजन भएकोले थप रकमसहित स्रोत सुनिश्चित्ताको लागि खानेपानी मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा एक हप्ता भित्र प्रस्ताव पेश गर्ने र प्रशासनिक भवन निर्माणको जिम्मेवारी मेलम्ची खानेपानी विकास समितिले लिनेपनि सहमति भएको छ ।

यस्तै, हेलम्बु मेलम्चीनदी तटबन्ध निर्माण कार्यको लागि जलस्रोत तथा सिंचाई मन्त्रालयसँग समन्वय गरी सोही मन्त्रालय मार्फत स्रोत सुनिश्चितताको लागि अर्थ मन्त्रालयमा पेश गर्ने सहमती भएको छ ।
हेलम्बु गाँउपलिकामा प्राविधिक इन्जिनियरिङ कलेज स्थापना गर्न संघिय शिक्षा मन्त्र मार्फत हुनेगरी विशेष पहल गर्ने सहमति छ ।

हेलम्बु गाउँपालिकाका जोखिममा रहेका सार्वजनिक संरचाना, घर, बस्ती सुरक्षासम्बन्धी एकीकृत विकास कार्यक्रम तथा नयाँ शहरका रुपमा विकास गरी तत्काल अध्ययन कार्य अगाडि बढाउनका लागि शहरी विकास मन्त्रालय मार्फत हुनेगरी विशेष पहल गर्ने अर्को सहमति छ । बिसं २०७८ असार १ गते र साउन १६ र १७ गतेको बाढीले बगरमा परिणत भएको जग्गामा सो ठाउँहरुमा भविष्यमा गएर फेरी व्यक्तिले संरचना निर्माण तथा खेतीपाती गर्ने कार्य गर्ने हुँदा यस्तो खालको विपदहरु पुनः दोहोरीने देखिएको हुँदा स्थानीयको जग्गा संघीय सरकारले स्वामित्वमा लिइ दुवै पक्षको सहमतीमा तत्कालिन दररेटमा मुआब्जा उपलब्ध गराउने व्यवस्थाका लागि विशेष पहल गर्ने सहमति भएको छ ।

गोल्फुभञ्ज्याङ–चित्रे–ग्याल्थुम सुरुङ–चनौटे रातोपुल–पाल्चोक देवीथान–लावगाउँ–बाँसखर्क– वरुवा–याङ्गी–वैकल्पिक सडकको आवश्यक प्रक्रिया सुरु गर्ने, हेलम्बु गाउँपालिकाको प्रत्येक वडाको मुल सडकहरु कालोपत्रेका लागि विशेष प्राथमिकतामा राखि आगामी आर्थिक वर्ष को संघीय सरकार तथा प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश गरी कार्यन्वयन गर्ने व्यवस्था मिलाउनेपनि सहमति बनेको छ ।

बाढीले बगाएका मेलम्ची पुल, चनौटे रातो पुल, कात्तिके पुल, घट्टेखोला पुल, हल्दे पुल, तिम्बु पुल, नाकोते पुल लगायतका पुलहरु पुन निर्माण गर्नुपर्ने र तालामाराङ भट्टार पुल, गोरेखोला पुल र सर्कथली पुल निर्माण गर्नलाई सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ ।

यसैगरी बाढीले बगाएका चिउरीखर्क ओडारे, तिम्वु ढोरोसिंह थापाटार–भाङटार÷माहङ्काल, तारुकेबाट ज्यामिरे, शेराचौकीबाट पाल्चोक शेरा र ग्याल्थुमबाट पाल्चोक गैरीवेशी झोलुङ्गे पुलहरु यथाशिघ्र छिटो निर्माणका लागि सम्बन्धित मन्त्रालय मार्फत विशेष पहल गरी बजेटको व्यवस्था गर्ने सहमति बनेको छ ।

बाढीका कारण क्षती भएका घर तथा व्यवसाय स्थापित भई सकेपछि त्यस्ता घर तथा व्यवसाय विमाको लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने साथै बाढि बाट पिडित भएका घर परिवारका सदस्यको वीमाको लागी समेत पहल गर्ने । सरस्वती उच्च मावि र मेलम्ची भ्याली क्यम्पस संरक्षण गर्ने भनिएको छ ।

दीर्घकालीन यातायातका लागि देशको राजधानीसंग सबैभन्दा छिटो मध्यपहाडी लोकमार्ग, भविष्यमा गएर निर्माण हुने हिमाली लोकमार्ग, मेलम्ची खानेपानीको तीन वटै मुहानहरुमा पुग्न सहज हुने देखिएको हुँदा निम्न सूरुङहरुलाई मेलम्ची खानेपानी आयोजनाको ब् ििध्भबतजभच सडकको रुपमा समावेश गरी तपसिल अनुसारका सुरुङ मार्ग निर्माणका गरी संचालनमा ल्याउनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अनुरोध गर्ने सहमति बनेको छ ।

हेलम्वु गाउपालिका वडा नं. २ र ४ को वडा कार्यालयहरूको भवन निर्माण गर्न यथाशिघ्र बजेट सुनिश्चित गर्न सहरी विकास मन्त्रालयमा अनुरोध गर्ने र हेलम्बु ग्रेटट्रेललाई आगामी आ.व. को बजेट मार्फत निर्माण कार्यलाई तीव्रता दिनका लागि संघीय पर्यटन मन्त्रालय र प्रदेश पर्यटन मन्त्रालय मार्फत पहिलो प्राथमिकतामा राखी कार्यन्वयन गर्न विशेष पहल गर्ने सहमति बनेको छ ।

हिउँदको समयमा नदीमा छाड्ने पानी विगतमा दैनिक १७ करोड लिटर पानी पथान्तरण गर्ने भनिएता पनि हाल जलवायु परिवर्तनका कारणले नदीमा पानीको परिमाण घटेको हुनाले खेती किसानीका लागि वातावरणीय प्रभाव मुल्याङ्कनमा औल्याइएको आधारमा आवश्यक पानी छाडेर मात्र काठमाडौँ पानी पथान्तरण गर्ने र अवको अम्बाथान याङ्ग्रीको ९ किमि. सुरुङ निर्माण गर्दा सोबाट निस्केको मकिङलाई वातावरणीय प्रभाव मुल्याङ्कनमा औल्याइएको आधारमा व्यवस्थित गर्ने भनिएको छ ।

हेलम्बु गाउँपालिका भित्रको ह्याङ्ला आनी आषाङ कृषि सडक स्तरउन्नती गर्ने । माथी उल्लेखित दीर्घकालीन मागहरु सहित आवश्यकता अनुसारका सडक, भवन, सिंचाई, नदी, तटबन्ध लगायतका भौतिक निर्माणका कार्यहरु सम्बन्धि दीर्घकालिन समस्या समाधानको लागी खानेपानी मन्त्रालयका सचिवज्यूको नेतृत्वमा सम्बन्धित सरोकारवाला मन्त्रालयका योजना महाशाखाका सहसचिवहरु, बाढी पिडित संघर्ष समिति र स्थानीय तहका प्रतिनिधिहरु रहने गरी एक समिति गठन गर्ने र सो समितिले तत्काल गर्नुपर्ने कामहरु तत्काल अगाडी बढाउने र दीर्घकालमा गर्नुपर्ने कार्यहरु आगामी आ.व. हरुमा प्राथमिकताका आधारमा आयोजनाहरु समावेश गरी कार्यान्वयन गर्न सम्बन्धित निकायमा पहल गर्ने सहमती भएको कार्यकारी निर्देशक लामिछानेले बताए ।

उनकाअनुसार आजैका मितिदेखि बाढी पिडित सघर्ष समितीबाट आन्दोलनका सबै कार्यक्रम हाल लाइ स्थगन गर्ने र काठमाडाँै उपत्यकामा पानी पथान्तरण गर्नको लागि मेलम्ची खानेपानी विकास समिति लाई सहयोग गर्ने सहमति भएको छ ।

उक्त बार्ताटोलीमा संघर्ष समितिका तर्फबाट पासाङलामा, नमराज गुरागाई, छिरिङ ग्याल्बु लामा, हरिप्रशाद भण्डारी शिव लामीछाने, कृष्ण जोती रहनु भएको छ भने राजनितीकदलका तर्फबाट राजकुमार भण्डारी (सभापती, नेपाली कांग्रेस२), बेनबहादुर पण्डित (अध्यक्ष, नेकपा एमाले ३), विश्वराम गुरागाई (प्रतिनिधि नेकपा माओवादी), दिनेश थापा (सभापती रास्वपा) तथा सुरेश तामाङ (सभापती राप्रपा) रहनु भएको थियो ।यसैगरी खानेपानीमन्त्री प्रदीप यादव, हेलम्बु गाउँपालिकाका अध्यक्ष छिरिङ ग्याल्बु लामा, खानेपानी सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछाने सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्