Logo

सिईओ अशोक शेरचनको कुशल नेतृत्वको कारण प्रभु बैंक निरन्तर उचाईमा



काठमाडौं, २२ असोज । बैंकर अशोक शेरचन बैकिङ क्षेत्रमा कहलिएको नाम हो । आज उनको भिजन र कुशल नेतृत्वको कारण प्रभु बैंकले निरन्तर सफलता हात पारेको छ । बहुआयामिक व्यक्तित्वका धनी शेरचन अहिले प्रभु बैंकको सिईओको भूमिकामा छन् ।

मुलुकको अर्थतन्त्रलाई नै चलायमान बनाउनुपर्छ भनेर लविईङ गर्ने शेरचन साहित्यप्रति पनि रुचि राख्ने बैंकरको रूपमा परिचित छन् । मुलुकमा निम्तिएको आर्थिक संकटलाई पार लगाउनको लागि उनले बेला बेलामा सरकारलाई झक्झकाउने कामसमेत गरेका छन् । विभिन्न मिडियामा आलेख लेखेर शेरचनले आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका उपायसमेत सुझाउने गरेका छन् ।

सिईओ शेरचनको सफलताको कथा रोचक छ । वि. सं २०२९ सालमा बाग्लुङमा जन्मिएका शेरचनले बैंकिङ करियरको मूल आधार नै शंकरदेव क्याम्पसको अध्ययन बनेको बताईन्छ । स्वयम शेरचनले पनि यो कुरा मिडियामा खुलासा गरेका छन् । उनले नेतृत्व लिएपछि आज प्रभु बैंकले देशव्यापी रूपमा ठूलो साम्राज्य खडा गरेको छ । यो बैंक निजी क्षेत्रको अग्रणी बैंकको रूपमा स्थापित छ ।

उनकै भिजनको कारण आज प्रभु बैंकको उपस्थिति उपल्लो मुस्ताङ, शे–फोक्सुन्डो, हुम्लाको खार्पुनाथमा समेत देखिएको छ । आज यो बैंक रेमिट्यान्स भित्र्याउनेतर्फ अग्रणी संस्थाको रूपमा स्थापित छ । शेरचन सन् २०१४ देखि नै बैंकको सिईओको जिम्मेवारीमा छन् । उनले यो बैंकको नेतृत्व गरेको एक दशक भयो । उनीसँग झण्डै तीन दशकको बैंकिङ अनुभव छ । उनले आफ्नो करियर भने नेपाल बंगलादेश बैंकमा जागिर खाएर सुरु गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्