Logo

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस दुर्घटना, १५ यात्रु घाइते



काठमाडौं, असोज २३ । दोलखाको भीमेश्वर–८ बोचमा यात्रु बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भइएका छन् । काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जरी सडकखण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना भएको हो ।

प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ । घाइतेको चरिकोटस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्