Logo

रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने पर्याप्त आधार छैन भनेर कास्की जिल्ला अदालतले भनेको सुनेको छु : प्रचण्ड



काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने पर्याप्त आधार नभएको भनेर कास्की जिल्ला अदालतले भनेको आफूले सुनेको टिप्पणी गरेका छन् । आज (बुधबार) काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष दाहालले भनेका छन्,‘मैले सुनेको कुरा के हो भने त्यहाँ राजनीतिक चलखेल भइरहेको छ। थोरै अदालतले पनि तुरुन्तै एक्सनमा जान पर्याप्त आधार छैन भनेर कास्कीबाट भनिएको सुनेको छु। मलाई आधिकारिक हिसाबले अदालतबाट थाहा भएकोचाहिँ छैन। मलाई यो विषयचाहिँ रास्वपाकै नेताहरूले भन्नुभएको छ। नत्र अस्ति गिरफ्तार गर्ने अन्तिम तयारी भइसकेको थियो भन्ने पनि छ ।’

्दाहाल सुरुदेखि नै लामिछानेले सहकारी ठगेको भनेर प्रमाणित नभएको भन्दै बचाउमा थिए । उनले आफूले राज्य संयन्त्र र सम्बन्धित निकायसँग प्रमाण भए दिन भनेर माग्दा कसैले पनि प्रमाण छ भनेर नभनेको जिकिर गरे । हालै चितवन गएको बेलामा पनि उनले लामिछानेले सहकारी ठगी गरेको भनेर छानबिन समितिले पनि नभनेको जिकिर गरेका थिए । उनले सहकारी छानबिन समिति बनाउनुपर्छ भनेर आफूले र स्वयम लामिछानेले भनेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्