Logo

गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा



ढोरपाटन (बागलुङ), २३ असोज । बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसूति गराइएको छ । नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका–४ की कुशुम विकको शल्यक्रिया गरी प्रसूति गराएको हो ।

मङ्गलबार सुत्केरी व्यथा लागेर नगर अस्पताल आएकी विकको गर्भमा रहेको शिशुको स्वासप्रश्वासमा समस्या रहेकाले शल्यक्रिया गरिएको डा पौडेलले जानकारी दिए । शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसअघि अस्पतालले सामान्य प्रसूति सेवा दिने गरेको थियो । बागलुङमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र धौलागिरि अस्पतालमा मात्रै शल्यक्रियामार्फत प्रसूति गराइँदै आइएको थियो ।

“आमा सुरक्षा कार्यक्रमअन्तर्गत परिवार कल्याण महाशाखाले गत भदौ १६ गते नगर अस्पताललाई शल्यक्रियामार्फत प्रसूति गराउने अनुमति दिएको थियो”, डा पौडेलले भने । उनले भने, “अब यो सेवा लिन अन्यत्र जानु पर्दैन् ।”

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले अब यस क्षेत्रका गर्भवतीलाई नगर अस्पतालमै सुरक्षित रुपमा प्रसूति गराउन आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्दै जाने बताए । रासस



प्रतिक्रिया दिनुहोस्