Logo

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर



काठमाडौं, असोज २४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २ पैसा र बिक्रीदर नौ रुपैयाँ ७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ एक पैसा र बिक्रीदर चार रुपैयाँ दुई पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ दुई पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २४ पैसा र बिक्रीदर १७ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १५ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 



प्रतिक्रिया दिनुहोस्