Logo

सल्यानमा यात्रुबाहक फोर्स गाडी दुर्घटना, १६ जना घाइते



काठमाडौं, असोज २४ । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटनामा परेको छ । लु २ ख ५००२ नम्वरको यात्रुबाहक फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाईतेहुनेमा कुमाख गाउँपालिका ३ का २२ वर्षका सन्तोष राना, ५५ वर्षका वसन्त भारती, ६० वर्षका वसन्ता भारती, कुमाख गाउँपालिका १ का २८ वर्षका विष्णुचन्द, ३४ वर्षका घनश्याम के.सी, १३ वर्षका सलिना शाही, २१वर्षका दिपकनाथ योगी रहेका छन् ।

त्यस्तै कुमाख गाउँपालिका ३ का २२ का पारस भारती, वर्ष १५ का विनोद नाथ योगी, वर्ष १८ का विनता नाथ योगी ,२३ वर्षका सम्झना भारती, ६ का २५ वर्षका हरि सुनार, ४ का वर्ष २० की सुजाता वुढाथोकी र २० वर्षका विन्दु लामिछाने रहेका छन् ।

गम्भीर घाइते पश्चिम रुकुम चौरजहारी नगरपालिका १ पश्चिम रुकुमका वर्ष ३३ का त्रिलोचन गिरी, कुमाख गाउँपालिका ३ सल्यानका ३२ वर्षका गिता वुढालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

पश्चिम रुकुम चौरजहारी नजिक दुर्घटना स्थल रहेकाले सबै घाइतेहरूको उद्धार गरेर उपचारका लागि चौरजहारी अस्पताल पुर्‍याईएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएको कारण गाडी दुर्घटना भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्