Logo

सैनिक मञ्च टुँडिखेलमा तोप पड्काएर फूलपाती बढाइँ (फोटोफिचर)



काठमाडौं, २४ असोज । काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्राइएपछि नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा तोप पड्काएर फूलपाती बढाइँ गरेको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती आज (बिहीबार) अपराह्न बाजागाजासहित वसन्तपुर भित्राइएको हो ।

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्राउने चलन छ ।

यही अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा तोप पड्काएर फूलपाती बढाइँ समेत गरेको हो । समारोहमा राष्टपति रामचन्द्र पौडेल सहभागी थिए । साथै, नेपाली सेनाको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र पुष्पवृष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्