Logo

एशिया प्यासिफिक केयर फोरमको प्यानलिष्टका लागि उपप्रमुख डंगोललाई निमन्त्रणा



काठमाडौं, २४ असोज । एशिया प्यासिफिक केयर फोरमको प्यानलिष्टका लागि काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोललाई निमन्त्रणा गरिएको छ । सो फोरममा केयर (हेरचाह) र महिलाहरुको आर्थिक सशक्तिकरणको सम्भावनालाई आगामी दिनमा कसरी हेर्न सकिन्छ ? नीति, योजना, कार्यक्रम र लगानीका कोणबाट साझा बुझाइ निर्माण गरिनेछ ।

यस्तै ‘केयर इकोनोमी’ का सफल र असल अभ्यासहरुको आदानप्रदान र छलफल हुनेछ । महिला सशक्तिकरणको एशिया प्यासिफिक क्षेत्रमा विद्यमान सोचको पुस्तान्तरण, यसको रुपान्तरणमा महिलाहरुको आर्थिक सशक्तिकरण, रुपान्तरणका लागि निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम ९हेरचाह प्रणाली० सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) लगायत विषयहरुलाई फोरममा प्रस्तुतिकरणका रुपमा राखिने जनाईएको छ । डंगोल हालै अमेरिका भ्रमण गरेर स्वदेश फर्किएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्