Logo

वीपी राजमार्ग भोलि विहान १० बजेबाट सञ्चालनमा आउनेछ : प्रधानमन्त्री ओली



काठमाडौं, २४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी राजमार्ग भोलि (शुक्रबार) विहान १० बजेबाट सञ्चालनमा आउने जानकारी गराएका छन् । सो अवरुद्ध राजमार्गको अवरोध खुलाउन यतिवेला भौतिक मन्त्रालयका सचिव ईं केशव शर्मा फिल्डमै खटिएका छन् ।

सचिव शर्मासँगको टेलिफोन कुराकानीमा यस्तो जानकारी प्राप्त भएको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले अवरुद्ध सडक खुलाउन फिल्डमै खटिएका प्राविधिकसहितका टिमलाई धन्यवाद भनेका छन् ।

फेशबुकमा वीपी राजमार्ग खुलाउन भैरहेको कामको तस्विर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्-

बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका – ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताउनु भयो । सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद !
तस्बिर – केशव शर्मा



प्रतिक्रिया दिनुहोस्