Logo

मैले पार्टी नेतृत्व हत्याउन र विस्थापित गर्न चाहेको होईन : जनार्दन शर्मा (भिडिओसहित)



काठमाडौं, २४ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले पूर्व माओवादी घटक र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता गरिने बताएका छन् । उनले पूर्व माओवादीहरुसँगको एकताको सम्भावना रहेको दाबी गरे ।

उनले आफूले अरु सबैलाई एकताबद्ध गर्नको लागि पनि माओवादी पार्टीको नाम र लोगो बदल्नको लागि प्रस्ताव गरेको खुलाए । आज (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले सबै विचार मिल्नेसँग एकता गर्नको लागि पार्टीको नाम र लोगो बदल्ने प्रस्ताव राखेको जिकिर गरे ।

पार्टी निर्माणको लागि आफूले राखेको प्रस्ताव अध्यक्ष प्रचण्डले नमान्नुपर्ने कुनै कारण नभएको उनको जिकिर छ । उनले आफूले पार्टी विभाजन गर्न लाग्यो भनेर गरिएको प्रचार स्वयम अध्यक्ष दाहालबाट खण्डन गरिएकोले अब थप बोल्नुपर्ने कारण नभएको सुनाए । उनले आफू माओवादीलाई बलियो बनाउनेगरि विभिन्न घटकसँग एकताको लागि लागिपरेको स्पष्ट पारे ।

उनले आफूले पार्टी नेतृत्व हत्याउन नखोजेको र अध्यक्ष प्रचण्डलाई विस्थापित गर्नपनि नचाहेको स्पष्टीकरण दिए । उनले विधिद्धारा पार्टी नेतृत्व ल्याउनुपर्ने प्रस्ताव राखेको बताए । उनले विचार र विधिसहितको संरचना बनाउनको लागि आफूले प्रस्ताव राखेको बताए ।



प्रतिक्रिया दिनुहोस्