Logo

म प्रधानमन्त्री भएँ भने १० वर्षमा विश्वका प्रतिष्पर्धी देश बनाईदिन्छु : चन्द्र भण्डारी (भिडिओसहित)



काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्र भण्डारीले आफू प्रधानमन्त्री बने मुलुकलाई शिक्षा र स्वास्थ्यको हब बनाउने दाबी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता भण्डारीले आफूले देशको नेतृत्व गर्न पाए १० वर्षभित्र विश्वका अरु मुलुकहरुको प्रतिष्पर्धी बनाईदिने दाबी गरेका छन् ।

उनले देशको नेतृत्व गर्न पाए आफूले युरोप, अमेरिका, जापानलगायतका देशको तुलनामा पुर्याईदिने जिकिर गरे । उनले देशको आमूल परिवर्तन गर्ने अर्को महत्वपूर्ण क्षेत्र भनेको आइटी र जलविद्युतको विकास भएकोले त्यसमा हात हाल्नुपर्ने बताए । अहिलेका उर्जामन्त्री दीपक खड्काले पनि देशलाई विकास गर्नेगरि काम गरिरहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्