Logo

बाबुरामले लगाए बुवा भोजप्रसादको हातबाट टीका



काठमाडौं, २६ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो बुवा भोजप्रसाद भट्टराईबाट पुर्खौली घरमा सपरिवार विजयादशमीको टीका ग्रहण गरेका छन् ।

२०५२ सालपछि पहिलोपटक गाउँलेहरूका साथ दशै मनाउँदा अपार हर्षको अनुभूति भएको बाबुरामले जनाएका छन् । विगत वर्षमा बाबुराम दसैं काठमाडौंमा नै मनाउने गर्दथे । यसवर्ष भने उनी एक साताअघि नै गोरखा पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्