Logo

पूर्वराजा ज्ञानेन्द्रसँग रवीन्द्रको भलाकुसारी : अर्को वर्ष नारायणहिटीमा टीका लगाउने पक्का



काठमाडौं, २६ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अर्को वर्षको दशैंको टिका नारायणहिटीमा लगाउने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहसँग निर्मलनिवासमा यसवर्षको दशैं टिका ग्रहण गरेपछि उनले यस्तो बताएका हुन् ।

उनले ज्ञानेन्द्रसँग यही वर्ष टिका लगाउन पाइएला भनेकोमा एक वर्ष ढिलो हुने देखिएको भन्ने कुरा राखेको बताएका छन् । उनले घरमा लगाएको टिकालाई धर्म, संस्कृति र परम्पराको टिका भनेका छन् । तर, निर्मल निवासमा लगाएको टिकालाई भने देशभक्तिको टिका भनेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

मैले भनेँ:
सरकार, यही वर्ष नारायणहिटीमा टिका लगाउन पाइएला भनेको एक वर्ष ढिलो हुने देखियो। अर्को वर्ष त पक्का हुन्छ भन्नेमा विश्वस्त छु!

अनि नभनिकनै मनमनै सोचेँ:
राजालाई एक्ल्याएर सबै प्रचण्डमार्गी एकै ठाऊँमा उभिँदा त संविधान लेख्न ८ वर्ष लाग्यो। राजा नारायणहिटी फर्किन अलि बढी समय लाग्नु के अचम्म भयो र!

घरमा लगाइयो, धर्म, संस्कृति, परम्पराको टिका।
निर्मल निवासमा लगाइयो, देशभक्तिको टिका।…



प्रतिक्रिया दिनुहोस्