Logo

हामी नेपालका आदिवासी समुदायहरूका योगदानहरूलाई सम्मान गर्छौं : अमेरिकी दूतावास



काठमाडौं, २८ असोज । नेपालस्थित् अमेरिकी दूतावासले आदिवासी समूदायहरुको सम्पदाप्रति सम्मान प्रकट गरेको छ । नेपालमा विभिन्न २७ वटा सम्पदा संरक्षण परियोजनाहरुमा अमेरिकी सरकारको झण्डै ४.५ मिलियन अमेरिकी डलरको सहयोग रहेको पनि दूतावासले जनाएको छ । शुभकामना सन्देशमा दूतावासले अमेरिकाले नेपालका आदिवासी समूदायहरुका योगदानलाइृ सम्मान गर्ने पनि उल्लेख गरेको छ ।

दूतावासले आफ्नो फेशबुक पेजमा लेखेको छ–

आदिवासी दिवसको शुभकामना!
आज हामी आदिवासी दिवसको उपलक्ष्यमा सम्पूर्ण आदिवासी समुदायहरूको सम्पदा प्रति सम्मान प्रकट गर्न चाहन्छौं ।
नेपालमा सांस्कृतिक संरक्षणका लागि अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषमार्फत स्थानीय आदिवासी कालिगढ़हरूसँग साझेदारी गर्दै हनुमानढोकाको कालभैरव देखी मुस्ताङका गुम्बाहरू , भक्तपुरका मन्दिरहरू र कार्तिक नाचलगायत २७ वटा विभिन्न सम्पदा संरक्षण परियोजनाहरूमा अमेरिकी सरकारको झन्डै ४.५ मिलियन अमेरिकी डलरको सहयोग रहेको छ।
आजको दिनमा हामी नेपालका आदिवासी समुदायहरूका योगदानहरूलाई सम्मान गर्छौं र उहाँहरूको सांस्कृतिक सम्पदा, अधिकारहरू, र नेपालको भविष्य निर्माणमा उहाँहरूको सहभागितालाई समर्थन गर्ने नेपालको प्रतिबद्धतालाई चिनाउँछौं।



प्रतिक्रिया दिनुहोस्