Logo

वीपी पुत्र प्रकाशसँग दशैं टीका ग्रहण गर्दै सुजाता कोइराला



काठमाडौं, २८ असोज । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले दाइ प्रकाश कोइरालासँग टिका ग्रहण गरेकी छिन् । विपी पुत्र प्रकाश निवासमा पुगेर उनले आज दशैंको टीका ग्रहण गरेको जानकारी गराएकी छिन् ।

पछिल्लो समय सुजाता सामाजिक सञ्जालमा सक्रिय छिन् । उनी विभिन्न व्यक्तित्वहरुसँगको भेटवार्ताका तस्विरसमेत साझा गर्दै आफ्ना धारणा राख्ने गर्छिन् । उनी कांग्रेसमा कोइराला परिवार एकजुट हुनुपर्ने भन्दै शेखर र शशांकलाई पनि मिलाउन लागिपरेकी छिन् ।

१५औं महाधिवेशनलाई लिएर तीन जना नेताबीच एकता होस भन्ने कार्यकर्ताको चाहनाअनुसार सुजाताले सक्रियता बढाएकी छिन् । सभापतिका लागि शेखर र शशांकले तयारी थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्