Logo

विश्वकप-२०२६ अन्तर्गत छनौट खेलमा अर्जेन्टिनाको फराकिलो जित, मेसीको ह्याट्रिक



काठमाडौं, ३० असोज । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिनाले शानदार जित निकालेको छ । अर्जेन्टिनाले बोलिभियामाथि ६–० गोलको शानदार जित दर्ता गरेको छ । जसमा कप्तान लियानेल मेसीले ह्याट्रिक गरे । मेसीले खेलको १९, ८४ र ८६ मिनेटमा गोल गरेका थिए ।

अर्जेन्टिनाको जितमा मार्टिनेजले ४३, अल्भारेजले पहिलो हाफको ईन्जुरी समयमा र अल्माडाले ६९ मिनेटमा गोल गरेका थिए । अर्जेन्टिना १० खेलबाट २२ अङ्क जोड्दै शीर्ष स्थानमा छ।



प्रतिक्रिया दिनुहोस्