Logo

जिल्लावासीको निराशा हटाउने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता



काठमाडौं, ३० असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार देशमै रोजगारी सिर्जना गर्नेगरि काममा केन्द्रित भएको दाबी गरेका छन् । उनले आफूले जिल्लावासीको निराशा हटाउनेगरि काम गरेको पनि स्पष्ट पारे । मन्त्री भण्डारीले चुनावी वाचा पूरा गर्न आफू केन्द्रित भएर लागेको सुनाए ।

दशैं मनाउन जिल्ला पुगेका मन्त्री भण्डारीले मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिकामा आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने क्रममा बैतडीमा रहेका सम्भावनाहरूलाई उजागर गरी त्यसको व्यवस्थापनमा लागिरहेको विश्वास दिलाए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा विकास र समृद्धिको लहर ल्याउने पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्