Logo

महिला साफ च्याम्पियनसिप : भारतसँग पाकिस्तान स्तब्ध (फोटोफिचर)



काठमाडौं, १ कार्तिक । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपमा भारतले जित निकालेको छ । आज भएको खेलमा भारतले पाकिस्तानलाई ५-२ को फराकिलो अन्तरले पराजित गरेको हो । भारत र पाकिस्तानको खेल सँधैं कडा प्रतिष्पर्धात्मक हुने गरेको छ । यस्तोमा आजको खेलपनि कडै प्रतिष्पर्धा थियो ।

जसमा भारतले सहजै जित निकाल्न सफल भयो । भारतले खेलको चौथो मिनेटमै गोलको अग्रता लिएको थियो । जुन गोल ग्रेसले गरेकी थिईन् । यस्तै खेलाको १६ मिनेटमा मनिषाले भारतको लागि अग्रता दोब्बर पारिन् । ३५ मिनेटमा बालादेवीले भारतका लागि तेस्रो गोल गरेर पाकिस्तानमाथि दबाब बढाईन् ।

यस्तै, ४२ मिनेटमा पाकिस्तानकी मरिया खानले आत्मघाती गोल गरिन् । योसँगै भारतले पहिलो हाफमै ४-० को फराकिलो अन्तर बनाउन सफल भयो । पाकिस्तानले भने दोस्रो हाफको सुरुवातमै दुई गोल फर्काएको थियो । तर, यो खेलमा फर्कन्को लागि पर्याप्त भएन । यो जितसँगै भारतले महत्वपूर्ण ३ अंक जोडेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्