Logo

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक



काठमाडौं, १ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरुको बैठक बोलाएका छन् । संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको संयुक्त बैठक बोलाएर संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई आग्रह गरिने बताईएको छ ।

बैठक भोलि (शुक्रबार) विहान ९ बजे संसद् भवनको ल्होत्स हलमा बोलाईको आजपाका अध्यक्ष प्रभु साहले जानकारी दिए । यसअघि रास्वपाका सांसदहरुले संसद्को विशेष अधिवेशन बोलाउन माग गरेका थिए । त्यसमा विपक्षी दलहरुबीच सहमति नगरिएको चर्चा थियो ।

सरकारले भने रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको सिफारिशमा तत्कालै पक्राउको तयारी गरेको छ । कतिपयले रास्वपाले सभापति लामिछाने पक्राउ गर्ने भएपछि संसद्को विशेष अधिवेशनको माग गरेको भनेरपनि चर्चा गर्ने गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्