Logo

रवि लामिछाने आजै पक्राउ पर्नसक्ने भएपछि ७७ वटै जिल्लाका कार्यकर्तालाई तयारी अवस्थामा रहन रास्वपाको उर्दी



काठमाडौं । सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा पक्राउ पूर्जी लिने तयारी भएपछि रास्वपाले पार्टी कार्यालयमा कार्यकर्ताको भेला डाकेको छ । रविविरुद्ध आजै कास्की अदालतमा पक्राउ पूर्जी लिने प्रहरीको तयारी छ ।

जिल्ला अदालत कास्कीले आजै लामिछानेमाथि पक्राउ पूर्जी जारी गर्न सक्ने आँकलन रास्वपाका नेताहरुको छ । पक्राउ पूर्जी जारी भएमा कसरी सामना गर्ने भन्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए । काठमाडौंदेखि पोखरासम्म नै प्रदर्शन गर्ने तयारी गरिएको छ ।

यता रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले ७७ वटै जिल्लाका कार्यकर्तालाई तयारी अवस्थामा रहन उर्दी जारी गरेकी छन् । सामाजिक सञ्जालबाट जरुरी सूचना भन्दै उनले सबै कार्यकर्तालाई पार्टी कार्यालयमा आउनसमेत आह्वान गरेकी छन् । उनले भनेकी छन् ‘अत्यन्त जरुरी! काठमाडौ हुने रास्वपाका मित्रहरु चाडोभन्दा चाडो केन्द्रीय कार्यालयमा भेला भैदिनु होला! साथै ७७ जिल्लाबाटै RSP team तयारी अवस्थामा बस्नु होला’।

सहकारी ठगीबारे गठित संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविको संलग्नता देखिएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको थियो ।

सोही प्रतिवेदनका आधारमा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरिसकेको छ । असोज ६ गते पक्राउ परेका जोशीलाई आज पुनः अदालत पेस गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्