Logo

मंगलबारदेखि राप्रपाका नेताहरू कर्णाली यात्रामा



काठमाडौं, ४ कार्तिक । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित सो दलका प्रभावशाली नेताहरु कर्णाली यात्रामा निस्किने भएका छन् । कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न आफूहरु यही कार्तिक ६ गते मंगलबारदेखि कर्णालीको यात्रामा निस्किन लागेको वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिए ।

कर्णालीवासीसँग अध्यक्ष राजेन्द्र लिङ्देनले भलाकुसारी गर्ने बुझिएको छ । सो यात्रामा महामन्त्री कुन्ती शाही, प्रवक्ता ज्ञानेन्द्र शाहीपनि सहभागी हुने जनाईएको छ । राप्रपामा नेताहरुको जिम्मेवारी हेरफेरपछि यो अध्यक्ष लिङ्देनको पहिलो देश दौहाडा हो । राप्रपाभित्र अहिले विवाद चुलिएको पनि चर्चा छ । धवलशमशेर जबरालगायतका नेताहरु अध्यक्षसँग रुष्ट रहेको बुझिएको छ।



प्रतिक्रिया दिनुहोस्