Logo

केपी ओलीको सरकार रहिरहे जनताले धेरै दुःख पाउँछन्, अदालतले मलाई न्याय दिन्छ : रवि लामिछाने



काठमाडौं, ४ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । जिल्ला अदालत कास्कीमा म्याद थपको लागि प्रहरीले लैजाने क्रममा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले आफूलाई न्यायालयप्रति पूरा विश्वास रहेको बताएका हुन् । उनले आफू अनुसन्धानलाई सघाउनको लागि नै आएको बताए ।

उनको संक्षिप्त प्रतिक्रिया थियो,‘‘मलाई अदालतले न्याय दिनेमा निर्धक्क छु । तर, यो सरकारको विरुद्ध देशभरिबाट उत्रिनको लागि सबैमा आह्वान गर्दछु । मेरो लागि होईन । तर, केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ । त्यसकारण यो अधिनायवादी सरकारको विरुद्ध चाहीँ यही बेलामा देशैभरिबाट जो जो जहाँ जहाँ हुनुहुन्छ, मेरो लागि होईन, देशको लागि बाहिर निस्किनुपर्ने बेला आउनसक्छ ।’

अहिलेको सरकार रहुञ्जेलसम्म यस्तै हर्कत गरिरहने उनको टिप्पणी छ । उनले भने,‘झुठा मुद्दामा मान्छेलाई फसाउने काम भैरहन्छ । केपी ओलीको शासन सत्ता रहेसम्म यस्ता अपराध भैरहन्छन् ।” उनले भ्रष्टाचारीलाई पालेर र भ्रष्टाचारको जगमा उभिएर अरुलाई सहकारी ठग भनेर झुटो मुद्दा लगाउने भन्दै आक्रोश पोखे ।

उनले आफूलाई जस्तै डेढ वर्ष समय लगाएर छानबिन गर्ने हो भने सबैभन्दा बढि भ्रष्टाचारको जगमा उभिएको मान्छे नै केपी ओली हुने दाबी गरे । उनले केपी ओली देशको प्रधानमन्त्री भएकोलाई दुर्भाग्य नै भनेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्