Logo

टी २० सिरिज : अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल



काठमाडौं, कार्तिक ५ । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा अहिले नेपालले बलिङ गरिरहेको छ । ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको हो । आज नेपाली टोलीमा २ परिवर्तन गरिएको छ। करण केसी र सागर ढकालको स्थानमा कुशल मल्ल र ललित राजवंशीले खेल्दै छन्।

सिरिजको पहिलो २ खेलमा भने नेपालले पहिले ब्याटिङ गरेको थियो। ३ खेलको टी २० सिरिजमा लगातार २ खेलमा जित हासिल गरेर नेपालले सिरिज जितिसकेको छ। नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराउँदा दोस्रो खेल सुपरओभरमा जितेको हो। यससँगै नेपालले एक खेल अगाव नै सिरिज जितेको थियो।



प्रतिक्रिया दिनुहोस्