Logo

नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा सिफारिस



काठमाडौं, कार्तिक ५ । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा सिफारिस हुनेहरूमा डीआईजी किरण राणा र डाक्टर सुन्दरप्रसाद होजु रहेका छन्। बढुवा समितिको आइतबार बसेको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो।

बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छन्। प्राविधिक समूहका होजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन्।



प्रतिक्रिया दिनुहोस्