Logo

दल विभाजनसम्बन्धी अध्यादेश आजै आउने महेश बस्नेतको दाबी



काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश आजै ल्याउने दाबी गरेका छन् । कांग्रेस र एमालेका शीर्ष नेताहरु हिजो बालुवाटारमा छलफलमा बसेको भोलिपल्टै नेता बस्नेतले यस्तो दाबी गरको हुन् ।

रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता बस्नेतले सरकारले आजै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको स्पष्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनको लागि दशैंअघि नै जोड गरेका थिए ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमा असहमति राखेपछि अध्यादेश ल्याईन केही ढिलाई भएको थियो । योबीचमा कांग्रेस सभापति देउवाकै मागबमोजिम सरकारले रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिसकेको छ । रवि पक्राउ परेर उनीविरुद्ध थप अनुसन्धानको लागि कास्की जिल्ला अदालतबाट ६ दिनको म्या थप भएको छ ।

उता, लामिछानेविरुद्ध म्याप भएसँगै यता बालुवाटारमा कांग्रेस र एमालेका नेतृत्व तहका नेताहरु थप रणनीति बनाउन छलफलमा हिजै जुटेका थिए । छलफलमा एमालेबाट प्रधानमन्त्री ओली, नेताहरु शंकर पोखरेल र विष्णु पौडेल सहभागी थिए । उता, कांग्रेसबाट सभापति देउवा, महामन्त्री गगन थापा र नेतृ डा. आरजु राणा सहभागी थिईन् । हिजोको बालुवाटार बैठकबाट नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा उच्चस्तरको समझदारी बनेको चर्चा थियो ।



प्रतिक्रिया दिनुहोस्