Logo

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड



काठमाडौं, कार्तिक ५ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर हाल सम्मै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदीको मूल्य आज प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्