Logo

एक सय दिन पुगेपछि सरकारको विरोध सुरू गर्ने प्रचण्डको घोषणा



काठमाडौं, ५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । सरकारले भ्रष्टाचारीलाई संरक्षणमात्रै गर्ने काम गरेको उनको आरोप छ । पार्टीको कार्यक्रममा सहभागी हुन जुम्ला पुगेका दाहालले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

उनले सरकार बनेको एक सय दिन पुगेपछि आफ्नो पार्टीले विरोध सुरू गर्नेपनि घोषणा गरे । उनले भने,‘सरकारले राम्रो काम गर्न सकेन । हामी विपक्षी दलहरुको तर्फबाट आज सरकारलाई ज्ञापनपत्र दिइँदै छ र सय दिन भएपछि विरोध सुरु हुन्छ ।’

सो क्रममा उनले अहिलेको सरकारको गठन नै अप्राकृतिक ढंगलबाट भएको भन्दै आलोचना गरे । प्रचण्ड आजै काठमाडौं फर्कने कार्यक्रम छ । उनी काठमाडौं आउनेबित्तिकै विपक्षी दलका नेताहरुको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्