Logo

प्रधानमन्त्री ओलीले प्रचण्डलाई बालुवाटारमै बोलाए



काठमाडौं, ५ कार्तिक । विपक्षी दलका नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । यसअघि दिउँसो ४ बजे सिंहदरबारमा गर्ने भनिएको भेटको समय र स्थानपनि सारिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा विपक्षी दलका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय छ ।

प्रचण्ड जुम्लाबाट हिँडिसकेका छन् । तर, प्रधानमन्त्री ओलीले सिंहदरबारको भेटलाई बालुवाटारमा सारेका छन् । त्यसको लागि निर्धारित समयभन्दा आधा घण्ट पर कार्यक्रम सारिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्