Logo

संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख



काठमाडौं, कार्तिक ६ । सभामुख देवराज घिमिरेले आज विभिन्न ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूसँग संयुक्त छलफल गर्न लागेका छन्। सभामुख घिमिरेले आगामी संसदको अधिवेशनमा बिजनेसको अभाव हुन नदिन समितिका सभापति र प्रमुख दलका सचेतकसँग छलफल गर्न लागेका हुन् ।

अहिले बिहान साढे ११ बजेदेखि सुरु हुने भनिएको छलफलमा राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिका सभापति सहभागी हुँदैछन् ।

यसैगरी, नेकपा (एमाले)का प्रमुख सचेतक महेश कुमार बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई पनि छलफलमा सहभागी हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्