Logo

सरकार असफल भएको प्रभु साहको दाबी, केपी ओलीले मदन भण्डारीको अपमान गरेको आरोप



काठमाडौं, ६ कार्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको एक सय दिन असफल भएको दाबी गरेका छन् । उनले वर्तमान सरकार विपक्षी दलहरुलाई तर्साउने र फुटाउने खेलमा लागेको आरोप लगाए । कांग्रेस एमाले नेतृत्वको वर्तमान सरकारको एक सय दिनको समिक्षा गर्ने क्रममा रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् ।

पूर्वमन्त्री साहले भने-“यो सरकार भ्रष्टाचारी र विचौलियालाई जोगाउने काममा लागेको देखियो । विकास होईन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो । बाढि, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो । जनतालाई उत्साहभन्दापनि निराशा बनाउने काम गर्यो । देशलाई स्थिरता नभएर अराजकतातर्फ लैजाने काम भयो । सरकारको एक सय दिनमा प्लस खासै छैन, माईनस बढि छ । नकारात्मक बढि छ ।”

साहले प्रधानमन्त्री ओलीले आफ्नो पार्टी कार्यालय मदनगरमा नबनाउनुको कारणपनि मदन भण्डारीको अपमान भएको टिप्पणी गरेका छन् । एमालेको बल्खु मदनगरमा भएको जग्गापनि अहिले किर्तीपुरमा मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गाभन्दा कम नभएको साहको भनाई छ ।

तर, बल्खुको जग्गा भएको ठाउँ नै मदनगर भएको र मदन भण्डारीसँग जोडिएको जग्गा भएकै कारणले प्रधानमन्त्री ओलीले सो जग्गामा एमालेको मुख्यालय नबनाएको साहको आरोप छ । ओलीले मदनगरमा पार्टी कार्यालय नबनाएर स्वर्गीय मदन भण्डारीको योगदान र लिगेसीलाई अपमान गरेको साहको गम्भीर आरोप छ । file photo



प्रतिक्रिया दिनुहोस्