Logo

उपराष्ट्रपति यादव अस्पताल भर्ना, भोलि हर्नियाको शल्यक्रिया



काठमाडौं, ६ कार्तिक । उपराष्ट्रपति रासहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाको लागि उपराष्टपति यादवलाई आजै साँझ त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको यादवका निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उपराष्ट्रपति यादवले आफ्नो शल्यक्रियाको लागि सरकारी अस्पताल नै रोजेपछि आफूले परामर्श गरेर त्रि.वि. शिक्षण अस्पताल ल्याईएको सिलवालले बताए । उनकाअनुसार यादवको शल्यक्रिया भने प्रा.डा. रमेशसिंह भण्डारी (युनिट चिफ एण्ड लिभर टान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानले गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्