Logo

ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार



काठमाडौं, कार्तिक ७ । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हो ।

ललितपुर महानगरपालिका-५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सिआइबीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रकम अपचलन भएको भन्दै सहकारी सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सिआइबीमा जाहेरी दिएका थिए।

सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध सहकारीको रु १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्