Logo

विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं, कार्तिक ७ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। सिंहदरबारस्थित समितिको बैठक कक्षमा दिउँसो १ बजे बस्ने बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। संसद अधिवेशन अन्त्य भएदेखि संसदीय समिति खासै सक्रिय नभएका बेला सभामुख देवराज घिमिरेले मंगलबार

संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुको छलफलपछि विचाराधीन विधेयकमाथिको छलफल सकेर संसदमा पठाउन निर्देशन दिएका छन्। अहिले प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका समितिमा १९ वटा विधेयक विचाराधीन अवस्थामा रहेकाले सभामुख घिमिरेले पुराना र नयाँ सबै विधेयकलाई पारित गरेर संसदमा पठाउन भनेका हुन्।



प्रतिक्रिया दिनुहोस्