Logo

राज्यले रवि लामिछानेमाथि गरेको अनुसन्धान भेदभावपूर्ण भएको नारायणकाजीको टिप्पणी



काठमाडौं, ७ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले रास्वपाका सभापति रवि लामिछानेमाथि भेदभावपूर्ण अनुसन्धान गरेको भन्दै पक्राउको विरोध गरेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा श्रेष्ठले प्रत्यक्ष सहकारी ठगीसँग सम्बन्धित भनेर नाम आाएका कांग्रेस र एमालेका नेताहरुलाई किन अनुसन्धानको दायरामा ल्याईएन ? भनेर पनि प्रश्न गरे । यद्धपी उनले सरकारले जो कोहीलाई पनि विधि पुर्याएर अनुसन्धान गर्नसक्ने सुनाए । तर, अनुसन्धान गर्दा विभेदन गरिनु गलत हुने उनको भनाई छ ।

उनले वर्तमान सरकारले सकारात्मक काम गर्न नसकेको आरोप लगाए । उनले सरकारको बारेमा टिप्पणी गरिनु बेकार हुने बताए । उनले आफ्नो दल अहिले सरकार परिवर्तन गर्ने खेलमा नलागेको स्पष्ट पारे । उनले भने,‘माओवादीको आँखा सरकारतिर छैन । हामीले काठमाडौंमा कार्तिक १० गते गर्ने भनिएको आन्दोलन सरकार ढाल्न र अर्को सरकार बनाउन केन्द्रित छैन् । देश र जनताको जल्दाबल्दा समस्यालाई लिएर सरकारलाई ध्यानाकर्षण गराउने र जनताको पक्षमा काम गराउन दबाब दिने प्रतिपक्षको काम हो । त्यही भएर कार्तिक १० गतेको कार्यक्रममार्फत सरकारलाई सजग गराउन खोजेका हौं ।’ file photo



प्रतिक्रिया दिनुहोस्