Logo

हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा



काठमाडौं, ७ कार्तिक । परराष्ट्रमन्त्री डा. आरजु राणाले सरकारले यो एक सय दिनको अवधिमा धेरै राम्रो काम गरेको दाबी गरेकी छिन् । सरकारको एक सय दिन पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनपछि मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा मन्त्री राणाले यस्तो दाबी गरेकी हुन् ।

उनले भनिन्,‘त्यस्तो बिग्रेको हालतबाट सम्हालेको सरकार हो, हामीले धेरै राम्रो काम गरेका छौं । यो बेमौसमीले बाढी, पहिरोले हामीसामू ठूलो चूनौति खडा भएको थियो, मलाई पनि लागेको थियो जबकी म पनि विदेशमा थिएँ, दशैंको मुखमा यहाँ खानेकुराको अभाव होला, यातायात अवरुद्ध होला, आपूर्ति नहोला भन्ने ठानेको थिएँ । तर, जुन किसिमले प्रधानमन्त्रीज्यूको नेतृत्वमा हामी सबै मन्त्रीहरुले काम गर्यौं, बाटो खुल्यो, आपूर्ति सहज भयो । खानेपानी सुचारु भयो । सरकारले एकदमै गम्भीर भएर काम गरेको छ । र, गर्नुपर्ने काम गरेको जस्तो लाग्छ । तर, जति गर्नुपर्ने थियो, त्यति चाहीँ भएन होला । तर, सकेसम्म काम गरेका छौं । हामी कामबाट एकदमै खुशी छौं ।’

सहकारी ठगी प्रकरणमा पनि सबै दोषीलाई कारबाही गरिने उनले स्पष्ट पारिन् ।



प्रतिक्रिया दिनुहोस्