Logo

‘रविलाई बयान लिन ढिलाई गरेर हिरासत अवधि लम्ब्याउने षड्यन्त्र भैरहेको छ’



काठमाडौं, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहोराले प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेलाई बयान लिन ढिलाई गरेर हिरासत अवधि लम्ब्याउने षड्यन्त्र भैरहेको दाबी गरेका छन् ।

उनले लामिछानेमाथि भैरहेको अन्यायले नयाँ रूप लिएको पनि दाबी गरेका छन् । उनले लामिछानेलाई बयान लिन ढिलाई गर्नु केवल कानूनी प्रक्रिया नभएर सत्यलाई दबाउने नियोजित प्रयास भएको पनि लेखेका छन् ।

बोहोराले फेशबुकमा लेखेका छन्-
रवि लामिछानेमाथि भइरहेको अन्यायले नयाँ रूप लिएको छ। अब उनलाई बयान लिन ढिलाइ गरेर हिरासत अवधि लम्ब्याउने षड्यन्त्र भइरहेको छ। यो केवल कानुनी प्रक्रिया होइन, यो सत्यलाई दबाउने नियोजित प्रयास हो।
रवि लामिछानेलाई थुनामा राख्नुपर्ने कानुनी आधार छ कि छैनरु छैन। भागी जाने, प्रमाण नष्ट गर्ने, वा कुनै हानीकारक कार्य गर्ने अवस्था भएमा मात्र हिरासत आवश्यक हुन्छ। देशको चौथो ठूलो राजनीतिक दलका सभापति र संघीय सांसद रहेका रवि लामिछानेमा यस्ता कुनै पनि अवस्था लागू हुँदैन। उनलाई थुनामा राख्नु राजनीतिक प्रतिशोध बाहेक अरू केही होइन।
मुद्दा अदालतमा लगेर अदालतले गर्ने आदेश फरक अवस्था हो। यहाँ त प्रमाण नभएको मुद्दालाई नै अनुसन्धानको आवरणमा हिरासतमा राखेर बदला लिने, तर्साउने प्रयास भइरहेको छ। किनभने रवि लामिछानेले सधैं भ्रष्टाचार र अन्यायको विरुद्धमा लड्दै आएका छन्। अहिले उनलाई आधारहीन आरोपहरूमा फसाएर हिरासतमा राख्नु अस्वीकार्य छ। यो हाम्रो न्याय प्रणालीको दुरुपयोग हो र हामीले यसको विरुद्धमा आवाज उठाउनै पर्छ।
के हामी सत्यको पक्षमा उभिने व्यक्तिलाई यसरी अन्याय सहेर बस्नेछौंरु
हामी सबैले मिलेर यो षड्यन्त्रको विरुद्धमा एकजुट हुनुपर्छस्
रवि लामिछानेलाई तत्काल रिहा गरियोस्।
बयान लिन ढिलाइ गरेर हिरासत लम्ब्याउने प्रयास बन्द गरियोस्।
न्याय प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन दबाब दिऔँ।
सरकार र सम्बन्धित निकायहरूलाई आग्रह छ कि कानुनी प्रक्रियाको सही पालन गर्दै रवि लामिछानेलाई न्याय दिलाउन सहयोग गरियोस्। हाम्रो नेता निर्दोष छन्, र उनलाई अन्यायपूर्ण रूपमा थुनामा राख्ने कार्य तत्काल रोकियोस्।
रवि लामिछानेलाई तत्काल रिहा गर!



प्रतिक्रिया दिनुहोस्