Logo

मेडिसिटी अस्पताल र चिकित्सकको लापरबाहीको कारण आफ्नो बुवाको मृत्यु भएको भन्दै छोरा प्रताप रिमालद्धारा कारबाहीको माग, ५ करोडको क्षतिपूर्ति दाबी (विज्ञप्तीसहित)



काठमाडौं, ८ कार्तिक । प्रताप रिमालले मेडिसिटी अस्पतालको चरम लापरवाहीको कारण आफ्नो ६२ वर्षीया बुवा ज्ञानप्रसाद रिमालको मृत्यु भएको भन्दै सो अस्पताल र उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारबाहीको माग गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रिमालले अस्पतालले उपचारको क्रममा गरेका लापरवाही र गल्तीको पनि फेहरिस्त सुनाएका थिए । अस्पताल र चिकित्सकले उपचारमा भएको गम्भीर लापरवाही र गल्ती ढाकछोपको लागि गम्भीर झुट बोलेको पनि उनले स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा उनले भने,‘खासमा मेरो बुवा मिर्गौला रोगको विरामी हुनुहुन्थ्यो । विगत डेढ महिनादेखि हेमाडायलाईसि गराई राख्नुभएको थियो । हप्तामा तीन दिन डायलाईसिस गराईरहनुभएको मेरो बुवा भदौ ३१ ग्ते साँझ एक्कासी घरमा बसिरहँदा रिंगटा लाग्ने र श्वाँस फेर्न गाह«ो भएको महशुस भएपछि हामीले उहाँलाई मेडिसिटी अस्पतालको इमर्जेन्सीमा पुर्यौं । तर, पछि युरिया लेभल एकदमै धेरै (२०७) भएर गाह«ो भएको रहेछ भन्ने कुरा भयो । संयोग, सोही दिन उहाँको डायलाईसिस गर्ने दिनपर्ने दिन पनि थियो । डायलाईसिस गर्दागर्दै उहाँलाई असहज भएपछि आईसियुमा राखेर मनिटरिङ गर्नुपर्छ भने र बुवालाई अस्पतालमै राखियो । त्यसपछि, दोस्रो दिन बुवाको ईसिजी गर्यो । इसिजीमा केही चेन्जेज देखिएको भन्दै एन्जियोग्राम गरियो । एन्जियोग्रामपनि सक्सेस भयो र एक दिन मोनिटरको लागि आईसियुमै राख्ने भनियो । मेडिसिटी अस्पतालमा आईसियुमा राख्दा बिरामी कुरुवा बस्न नपाउने रहेछ । त्यसैले, हामीलाई पनि घर जान आग्रह गरियो हामी बाध्यतावशः र फर्कियौं ।’

आफूहरु घर फर्किएकै दिन बुवालाई राति गाह«ो भएको उनको भनाई छ । उनले अघि भने,‘एन्जिओग्राम गरिएको ठाउँ सुन्निने र पानीको फोकाजस्तो देखिएछ । बुवालाई खप्नै नसक्नेगरि पीडा भएछ । बुबाले परिवारलाई बोलाइदेउ, मलाई गाह«ो भयो भन्दापनि अस्पतालले हामीलाई रातभर कुनै खबर गरेन । त्यतिमात्रै होईन, त्यसको सही उपचार पनि गरेनछ र रातभर दुखाई क मगर्ने फेन्टायल मात्र खुवाएर राखेछ । जुन कुरा नर्सिङ नोटमा स्पष्ट लेखिएको छ । भोलिपल्ट हामी अस्पताल पुग्दा बुवाको अवस्था भइसकेको थियो । र बुवाको हातको अपरेशन गर्नुपर्ने अवस्थामा पुगिसकेको थियो । अपरेशन नै अन्तिम विकल्प भएपछि हामीले केही गर्न कसेनौं । जब बुवाको अपरेशन गरियो, त्यसपछि बुबाको स्वास्थ्यमा सुधार हुन सकेन र अन्ततः हामीले बुवालाई असोज ४ गते सदाका लागि बिदा गर्नुपर्यो ।’

उनले उपचारमा लापरवाही गर्ने अस्पतालविरुद्ध आफूहरुले कानूनी उपचार खोजेको पनि जानकारी दिए । उनले भने,‘आईसियूमा रहेको विरामीलाई लापरवाही गर्ने र आफ्नो गल्ती ढाकछोप गर्न झुट बोल्ने अस्पतालविरुद्ध हामी अहिले अदालती प्रक्रियामा गएका छौं । ललितपुर जिल्ला अदालत र नेपाल मेडिकल काउन्सिलमा उपचारमा संलग्न डाक्टरहरुलाई कारबाही गरी पीडित पक्षलाई ५ करोड क्षतिपूर्ति उपलब्ध गराउने पर्ने भन्दै मुद्दा दर्ता गराएका छौं ।’ उनले यस विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष पनि ध्यानाकार्षण पत्र बुझाईएको जानकारी दिए ।

उनले मेडिसिटी अस्पताल मेडिकल माफियाहरुको जालोमा फसकेको आफूहरुले महशुस गरेको दाबी गरे । यो घट्ना दबाउनको लागि मेडिसिटी लागिपरेको पनि उनको दाबी छ । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘घट्ना साम्य पार्नकै लागि उनीहरुले बुवाको उपचारको क्रममा भएको ८ लाख रुपैयाँ पनि फिर्ता गरिसकेका छन् । तर, अस्पतालले गरेको गल्ती र गल्ती ढाकछोप गर्न हामीमाथि बोलेको धावाविरुद्ध हामी जस्तोसुकै परिस्थिति पनि लडाईं लड्ने अठोट लिएका छौं ।’



प्रतिक्रिया दिनुहोस्