Logo

भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता



काठमाडौं, ८ कार्तिक । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा राजनीतिक भेटवार्तामा व्यस्त भएका छन् । वातावरणसम्बन्धी सम्मेलनमा भाग लिन भारत पुगेका थापाले आजबाट राजनीतिक भेटवार्तामा समय व्यतित गरेका छन् ।

उनले आज भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग भेटवार्ता गरेका हुन् । थापा र आफूबीचको भेटको तस्विर सार्वजनिक चौथाईवालेले द्धिपक्षीय हितका विषयमा कुराकानी भएको जानकारी गराएका छन् ।

थापाको भारत भ्रमण राजनीतिक नभएपनि उनले थालेको राजनीतिक भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय थापा पार्टी सभापति शेरबहादुर देउवाको विश्वासपात्र बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्