काठमाडौं, कार्तिक ९ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले रास्वपाले सडक प्रदुषित र दुर्गन्धित बनाएको आरोप लगाएका छन् ।
रास्वपाका सभापति रवि लामिछाने पक्राउपश्चात रास्वपाले गरिरहेको सडक आन्दोलनलाई लक्षीत गर्दै बस्नेतले सडक हिजोसम्म पीडितको एक भरोसा रहेकोमा आज त्यही सडक पनि पीडक र आरोपितले कब्जा गरेको बताएका छन् ।
बस्नेतले सडकलाई ठगहरुले बन्धक बनाएको र पीडितको छाती छियाछिया हुने गरी बुट बजारिरहेको बताएका छन् । रास्वपाले सडकलाई झुट र भ्रम ओकल्ने थलो बनाएको उनको दाबी छ ।