Logo

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?



काठमाडौं, कार्तिक ९ । आज नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ । विगत एक साता देखि निरन्तर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज स्थीर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ। बिहिबार पनि छापावाला सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदीको प्रतितोला २ हजार ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्