Logo

वर्ल्ड कप लिग–२ को सातौँ श्रृङ्खला आजदेखि, यस्तो छ नेपालको खेल तालिका



काठमाडौं, कार्तिक ९ । आईसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तगर्तको सातौँ श्रृङ्खला आजदेखि सुरु हुँदैछ। श्रृङ्खला अन्तर्गत आज पहिलो खेलमा अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अुनसार राति ९ः१५ बजेबाट सुरु हुनेछ।

एकदिवसीय फर्म्याटमा हुने खेलमा नेपालसहित ३ टोली सहभागी हुनेछन्। प्रतियोगिता अन्तर्गत नेपालले आइतबार अमेरिकासँग खेल्ने छ। नेपाल र अमेरिकाबीचको खेल पनि राति ९ः१५ बजेबाट नै सुरु हुनेछ।

त्यस्तै नेपालले आगामी बिहीबार स्कटल्यान्डसँग खेल्ने छ भने नोभेम्बर २ मा अमेरिका र नेपालबीच खेल हुनेछ। नोभेम्बर ४ मा नेपालले फेरि स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।



प्रतिक्रिया दिनुहोस्