Logo

एमाले महासचिव पोख्रेल मेयर बालेनमाथि खनिए, काठमाडौंमा एमालेले नजित्दा राजनीति गलत बाटोमा जान खोजेको टिप्पणी



काठमाडौं, ९ कार्तिक । सत्तारूढ नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले काठमाडौंमा एमालेले चुनाव नजित्दा राजनीति नै गलत बाटोमा जान खोजेको टिप्पणी गरेका छन् । उनले काठमाडौंमा लोकप्रियताको नाममा बालेन शाहले चुनाव जितेको भन्दै त्यही भएर राजनीति गलत दिशामा जाने स्थितिमा पुगेको बताए । उनले एमाले विचारको राजनीति गर्ने र मुलुकलाई नेतृत्वदायी भूमिका दिने पार्टी भएको बताए । तर, अहिले विचारभन्दा लोकप्रियताका जगमा राजनीति चलेको उनको टिप्पणी छ ।

आज (शुक्रबार) पार्टीनिकट अखिल नेपाल महिला संघको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘लोकप्रियताको राजनीतिले अहिलेको समस्या समाधान गर्न सक्दैन, तर काठमाडौंको चुनावको परिणामले कुनै एउटा विधामा चर्चामा रह्यो भने राजनीति सफल भइन्छ भन्ने कुराका मान्यता अगाडि आयो, र्‍याप गाउँदागाउँदै मेयर भए भनेपछि राजनीति त एउटा क्षेत्रमा लोकप्रिय भए पुग्यो । समाजमा कुनै एउटा क्षेत्रमा लोकप्रिय व्यक्ति राजनीतिमा आउनुपर्छ भन्ने परेको छ । विचारको आधारमा होइन, लोकप्रियताको कसीमा राजनीति चल्छ, कुनै एजेण्डा चाहिँदैन । आज कसैको विरोध गर्‍यो भने मान्छे लोकप्रिय हुन्छ। विरोध समस्याको समाधान हो र ?

पछिल्लो समय काठमाडौंका मेयर बालेन र एमाले नेतृत्व सामाजिक सञ्जालमा आमनेसामने हुने गरेका छन् । बालेन शाहले बागमती नदी किनारामा रहेको सुकुम्बासी बस्ती खाली गराउन प्रयत्न गरेका छन् । यस्तै, खोला तथाा नदी किनारामा २०/२० मिटर सडक चौडा गराउन बालेनले प्रयत्न गरेका छन् । तर, त्यसमा सरकार भ्याकेटमा गएको छ । file photo



प्रतिक्रिया दिनुहोस्