Logo

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जिबी राईनिकट रामबहादुर खनाल पक्राउ



काठमाडौं, ९ कार्तिक । सिआईबीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिबी राईका निकट मानिएका नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ । खनाल तनहुँको बगालेफाँटका स्थायीवासी हुन् । पक्राउ परेका खनाल जिबी राईको कम्पनी गोरखा ग्रुप अफ कम्पनीका लगानीकर्ता (शेयरधनी) पनि हुन् ।

उनी काठमाडौंको पानीपोखरीबाट पक्रार परेका हुन् । उनलाई आजै कास्की पठाईएको छ । सहकारी ठगी प्रकरणमा प्रहरीको खोजी सुचिमा रहेका जिबी राई भने अहिलेसम्म फरार छन् । यद्धपी यो ठगी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान थालेपनि जिबीपनि ढिलो÷चाँडो पक्राउ पर्ने सहकारी पीडितहरुको विश्वास छ ।

पछिल्लो समय जिबीले केही मिडियालाई इमेलमार्फत आफू पीडितहरुको रकम फिर्ता गर्न तयार रहेको र अनुसन्धानलाई सघाउनपनि तयार रहेको सन्देश प्रवाह गरेका छन् । तर, उनले आफू रवि लामिछाने र उनको टिमको कारण समस्यामा परेको भनेर इमेलमा भनेको कुरा मिडियामार्फत खुलासा भएको छ ।



प्रतिक्रिया दिनुहोस्