Logo

स्थानीय, पश्चिमी वायु र न्यून चापीय क्षेत्रको आंशिक प्रभाव कायमै, आज यी क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं, कार्तिक ११ । हाल देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । उक्त प्रभावका कारण अहिले कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्