Logo

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी



पूर्वी नवलपरासी, कार्तिक ११ । पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् । देवचुली नगरपालिका २ दुम्कौलीमा धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाँदा परिवारका सदस्य बिरामी भएका हुन् ।

बिरामी हुनेहरुमा धनमाया सहित रिदिमा राजवंशी, बाबुलाल राजवंशी, रनमाया राजवंशी र मदन राजवंशी रहेका छन् । च्याउको तरकारी खाएका उनीहरुमा एक्कासि पेट दुख्ने, वान्ता हुने भएपछि उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लागिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्