काठमाडौं, कार्तिक १२ । जापानमा आइतबार भएको संसदीय निर्वाचनमा सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी एलडिपीको नेतृत्वमा रहेको गठबन्धनले बहुमत गुमाएको छ । सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको एक दशकयताकै यो खराब नतिजा हो ।
तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा विपक्षी दलहरूले आधाभन्दा बढी सिट जितेका छन् । मत गणना अन्तिम चरणमा चलिरहेको छ । अब केवल २२ सिटको मत परिणाम घोषणा हुन बाँकी छ ।
पछिल्लो मत परिणाम अनुसार सत्तारुढ दल एलडिपी र यसको गठबन्धन कोमेटेले २ सय ८ सिटमा जित हासिल गरेको छ भने विपक्षीहरुले २ सय ३५ सिट जितेका छन् ।
संसदमा एकल बहुमत पुर्याउनका लागि २ सय ३३ सिट आवश्यक हुन्छ । विभिन्न विवादमा फसेको जापानको सत्तारुढ दलले दशकयताकै खराब नतिजाको सामना गर्नुपरेको हो ।